थप ९ जनामा कोरोना संक्रमण पुष्टि

 access_timeजेठ ८, २०७७ 

बिहीबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । 


रुपन्देहीको लुम्बिनीका १ पुरुष र झापाका ८ जना पु्रुषमा कोरानो संक्रमण पुष्टि भएको देवकोटाले बताए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ । 


यसअघि बिहीबार बिहान पनि १७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको थियो । 


यसैबीच हालसम्म कोरोना निको हुनेको संख्या ४९ पुगेको छ । आज टेकु अस्पतालमा उपचार गराइरहेका ४ जना निको भएसँगै कोरोना निको हुनेको संख्या ४९ पुगेको हो । यस्तै कोरोनाबाट सिन्धुपाल्चोक, बाँके र गुल्मीका १–१ जनाको मृत्यु भएको छ । 

स्रोत : http://www.ratopati.com/story/131011/2020/5/21/corona-update- 

''घरमै बसौं सुरक्षित रहौं ''

Comments

Popular posts from this blog

"विश्व बालश्रम विरुद्ध दिवश" विशेष खुल्ला टुक्का प्रतियोगिता

चर्को भाडा असुलेर रातिराति काठमाडौँबाट यात्रु ओसार्दै यातायात व्यवसायी