"विश्व बालश्रम विरुद्ध दिवश" विशेष खुल्ला टुक्का प्रतियोगिता
टुक्का साहित्य समाजद्वारा मिति २०७८ जेष्ठ २९ गते आयोजित "विश्व बालश्रम विरुद्ध दिवश" विशेष खुल्ला टुक्का प्रतियोगितामा सहभागी मध्ये सुचनामा उल्लेखित सम्पूर्ण नियमहरू पूरा भई उत्कृष्ठ १५ मा पर्न सफल टुक्काकारका टुक्काहरू ======= टुक्काहरू ======= काेड नं.००५१ /१/ भोलीको राष्ट्रशक्ति बालबालिका अन्यायमा नथिचियोस्, बाँच्न पाउने उसको अधिकार कतै बाट नमिचियोस् ! /२/ आज आँसु पिएर भोलीको भविष्य जुठ्यानमा खोज्छु, चाहना पुरा गर्न रातको अध्यारोमा सपना रोज्छु! /३/ आँतमा बल्छ भोकको आगो त्यसैले नसके पनि गर्छु श्रम, चोर्नु र ढाँट्नु आउँदैन आँसु पिउँछु कसैले नसोचे भ्रम! - शरद प्रधानाङ्ग विराटनगर-७ ======= टुक्काहरू ======= काेड नं.००५३ /१/ ती सबै साथीभाइ मिलेर खेल्दैछन् गट्टामा बालबालिकाले काम नगरुन् इँट्टा भट्टामा । /२/ दु:ख पाएका बालकलाई खानाका लागि डाकिदे बालश्रम गराउँनेलाई चिसो खोरमा जाकिदे । /३/ ज्ञानको शिक्षा दिएर चेतनाको ज्योति छर आफ्नै घरबाट त्यो बालश्रमको अन्त्य गर । - विनोद रिजाल बेलबारी २मोरङ ======= टुक्काहरू ======= काेड नं.००५४ /१/ बालअधिकार सुनिश्चित गर्नअघि...